झापा । झापाको बिर्तामोडबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बिर्तामोढ नगरपालिका १ पन्चकन्या प्लटिङबाट १४६ ग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको हो
पक्राउ पर्नेमा झापा कन्काई नगरपालिका ९ का २६ वर्षे टेकराज साह र २४ वर्षे विकाश मर्डी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले साहको साथबाट ०.५ मिलि ग्राम र मर्डिको साथबाट ४ ग्राम ५ मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो ।
प्रहरीले मर्डीको डेरामा छापामार्दा १४२ ग्राम ३७ मिलिग्राम ब्राउन सुगर, नगद २ लाख ६९ हजार ३ सय रुपैयाँ, डिजिटल तराजु मोटरसाइकल आदि सामग्रीसमेत बरामद गरेको जनाएको छ । प्रहरीले दुवै जनालाई हिराशतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।