पथरीमा मुक्ति समाज गठन

पथरी । मोरङको पथरी शनिश्चरेमा नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले १० वटै वडाको प्रतिनिधित्व हुनेगरी ५१ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।

मुक्ति समाज प्रदेश १ का इन्चार्ज खेम नेपालीको प्रमुख आतिथ्यतामा पथरीमा सम्पन्न भेलाले भीमबहादुर रसाईलीको अध्यक्षतामा ५१ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।

भेलाले उपाध्यक्षमा फुलमाया दर्जी, सचिवमा केशिका महत (दर्जी), सह–सचिवमा अनिता गदाल बि.क. र कोषाध्यक्षमा जगत नेपालीलाई चयन गरेको छ । त्यस्तै उक्त भेलाले सदस्यहरुमा गीता पाँचकोटी, श्याम रसाइली, कमला विश्वकर्मा, इन्दीरा सुन्दास, काजिमान खाती, भक्त दर्जी, सीता भूषाल, सरला बिक, गंगा बिक, सरिता शिवा, उर्मीला बिक, नरेन्द्र नेपाली, कुमारी बराइली, फुलमाया गहतराज, विमला दर्जी, लोकबहादुर दर्जी, अञ्जना दर्जीलगायत छन् ।

सोमबार, ११ असोज, २०७८, साँझको ०७:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर