लोड हुँदैछ...

मेनु

दल विभाजन अध्यादेश खारेज हुँदै

दल विभाजन अध्यादेश खारेज हुँदै

काठमाडौं । पाँच दलीय गठबन्धनको निर्णय अनुसार आजै बस्ने मन्त्रीपरिषद्को बैठकले दल विभाजनसम्बन्धी अध्यादेश खारेजको निर्णय गर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको मन्त्रिपरिषद बैठकले अध्यादेश खारेजको निर्णय गर्ने भएको हो । मन्त्रिपरिषदको निर्णय लगत्तै अध्यादेश खारेजको सिफारिस राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी भएको छ ।

सरकारले गत साउन २ गते दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । संविधान अनुसार संसदको अधिवेशन सञ्चालनमा आएको पहिलो बैठकमा अध्यादेश पेस गर्नुपर्छ । अध्यादेश पेस भएसँगै ६० दिनभित्र सरकारले प्रतिस्थापन विधेयक ल्याउन सक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds