चर्चित ‘डन’ अभिषेक गिरीलाई मातृशोक

विराटनगर । विराटनगरका चर्चित ‘डन’ अभिषेक गिरीलाई मातृशोक परेको छ ।

गिरीकी आमा सुशीला गिरीको विराटनगरस्थित मधुमारामा ७८ वर्षको उमेरमा आजसाँझ मृत्यु भएको हो । गिरीको चार छोरा अशोक, कमल, अनिल र अभिषेक गिरी तथा तीन छोरी रेणु, रेखा र रिना गिरी रहेका छन् ।

अभिषेक गिरी भने अहिले काठमाडौंस्थित डिल्लीबजार जेलमा छन् । मोरङ कारागार ल्याउने भनिएको भएपनि उनलाई हालसम्म मोरङ कारागार ल्याइएको छैन । मृतक गिरी लामो समयदेखि विभिन्न रोगले समस्याग्रस्त हुनुहुन्थ्यो ।

 

बिहिबार, ०७ असोज, २०७८, रातीको ०८:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर