विराटगनर । सरकारले आगामी ११ दिनसम्म देशैभर भेरोसेल खोपको पहिलो डोज लगाउने भएको छ । चीनबाट आइपुगेको ४४ लाख डोज खोप मध्येबाट पहिलो डोजको खोप लगाउन लागिएको हो । काठमाण्डौमा सोमबारबाट पहिलो डोज खोप लगाउन थालिएको छ । प्रदेश १ मा केही दिनभित्रै खोप लगाउन थालिने बताइएको छ ।
सरकारले हिमाली १० जिल्लामा १८ वर्षभन्दा माथि उमेर समूहकालाई पहिलो डोज खोप लगाउने छ भने काठमाडौं, ललितपुर, भक्तपुर, रामेछाप, सर्लाही, मकवानपुर, अछाममा भने ४० वर्षदेखि माथि उमेरसमूहका व्यक्तिहरुलाई खोप लगाउने जनाएको छ । यस्तै चितवन र काभ्रे जिल्लामा ३५ वर्ष माथिका उमेर समूहलाई र बाँकी जिल्लाहरुमा ४५ वर्षभन्दा माथि उमेर समूहकालाई खोप लगाउने तयारी गरेको छ ।
सोमबारबाट नागरिकमा वितरण सुरु गरीने स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. सागर दाहालले बताए । दोस्रो मात्रा भने कात्तिक ४ देखि १४ गतेसम्म सबै जिल्लामा दिइने उनले बताए ।
पहिले छुटेका १८ वर्षभन्दा माथिका विद्यार्थी, फ्रन्टलाइनमा खटिएका,अतिआवश्यक सेवा, शिक्षक, होटेल व्यवसायी, पर्यटन व्यावसायीलाई समेत यहि चरणमै खोप लगाइने उनको भनाइ छ ।