मोरङ र संखुवासभाको प्रमुख जिल्ला अधिकारीको काज सरुवा

विराटनगर । सरकारले प्रदेश १ का दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । सरकारले मोरङ र संखुवासभाका प्रजिअहरुको सरुवा गरेको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको गृहमन्त्रालयमा काज सरुवा भएको छ । गृहमन्त्रालयले देशभरका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गर्दा निरौलाको पनि सरुवा भएको हो ।

गृह मन्त्रालयले काशिराज दाहाललाई मोरङको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरेको छ । निरौला एक वर्ष अघि मोरङका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आएका थिए ।

यस्तै प्रदेश १ अन्तरगत संखुवासभा जिल्लाका प्रजिअको पनि गृहमन्त्रालयमा काज सरुवा गरिएको छ । संखुवासभाका प्रजिअ टेकनारायण पौडेललाई गृहमन्त्रालय काज सरुवा गरी गृहमन्त्रालयले नुरहरी खतिवडालाई संखुवासभा पठाएको छ ।

बुधबार, ३० भदौ, २०७८, साँझको ०७:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर