विराटनगरस्थित नोबेल अस्पतालमा प्रदेश १ मै पहिलो पटक मृगौलाको सफल प्रत्यारोपण

विराटनगर । विराटनगरस्थित नोबेल टिचिङ अस्पतालमा एक बिरामीको मृगौलाको सफल प्रत्यारोपण भएको छ ।

काठमाडौं बाहिरका नेपालका अस्पतालमा मृगौला प्रत्यारोपण भएको यो पहिलो पटक हो । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बिरामीको सफलतापूर्वक मृगौला प्रत्यारोपण भएको बताए ।

अस्पतालले सुनसरी धरानका ३४ वर्षीय टेकनाथ भुर्तेलको मृगौलाको सफल प्रत्यारोपण गरेको हो । अस्पतालका अनुसार गत शनिबार भएको शल्यक्रियाको नेतृत्व डा.शैलेन्द्र श्रेष्ठले गरेका थिए । बिरामी भुर्तेलले डेढवर्ष मृगौला डाइलासिस गराउँदै आएका थिए ।

सोमबार, २८ भदौ, २०७८, दिउँसोको ०२:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर