तीनजना महिला स्वयंसेविकाका सम्मान

इटहरी । ३३ वर्ष अघिदेखि कार्यरत इटहरीका तीनजना महिला स्वयंसेविकाकालाई इटहरी उपमहानगरपालिकाले सम्मानसहित विदाई गरेको छ ।

६० वर्षे उमेर हदका कारण विष्णुतारा नेपाली, गंगादेवी नेपाल र गंगीया सरदारलाई सम्मानसहित उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले विदाई गरेका हुन् ।

उनीहरुलाई ३० हजार रकम प्रोत्साहन भत्तासहित विदाई गरिएको हो । विदाई कार्यक्रममा प्रमुख चौधरीले स्वयंसेवीकाहरूले स्वास्थ्यक्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे । ‘राष्ट्र निर्माणका लागि स्वस्थ्य जनशक्तिको आवश्यकता पर्छ, स्वस्थ्य जनशक्ति निर्माणमा उहाँहरुको भूमिका प्रशंसनीय छ,’ चौधरीले भने । इटहरीमा १ सय ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाले सेवा प्रदान गरिरहेका छन् ।

आइतबार, २७ भदौ, २०७८, रातीको ०८:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर