एकीकृत समाजवादी संसदीय दलको बैठक सोमबार बस्ने

विराटनगर । प्रदेश १ प्रदेशसभामा नयाँ दलको रुपमा थपिएको नेकपा (एकीकृत समाजवादी) संसदीय दलको पहिलो बैठक सोमबार बस्ने भएको छ । संसदीय दलको पहिलो सोमबार बैठक काठमाण्डौमा बस्ने तयारी भएको सांसद राजेन्द्र राईले जानकारी दिए ।

निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)को पक्षमा गरेको सनाखतलाई प्रमाणीकरण गर्दै प्रमाणपत्र प्रदान गरेपछि संसदीय दलको बैठक बस्न लागेको हो । ‘हामी १० जना सांसदहरुमध्ये ७ जना काठमाण्डौमै छौं, भोलि दिउँसो दलको बैठक यतै बस्ने तयारी गरेका छौं,’ प्रदेशसभा सदस्य राईले भने ।

संसदीय दलको बैठकले दलको नेता चयन गर्ने पनि उनले बताएका छन् । सम्भवत दलको नेतामा राईनै चयन हुनेछन् । ‘दलको नेताका सम्बन्धमा बैठकले आवश्यक निर्णय गर्छ, अहिले नै को नेता चयन होला भनेर भन्नु जायज हुन्न ,’ उनले भने ।

आइतबार, २७ भदौ, २०७८, साँझको ०६:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर