घटना मिति: २०७८।५।२१ गते

घटना समय: अं. ६:०० देखि ०६:३० वजे

प्रहरीलाई सुचना प्राप्त भएको समय: ०९:३० वजे

पक्राउ अभियुक्तको नाम : वर्ष २५ को लोक वहादुर कार्की

वुवाको नाम : रण वहादुर कार्की

वतन : मादि नपा १, उम्लिङ खोलागाउ

मृतकहरू : (१) वर्ष ५५ को तेज कुमार कार्की (२) वर्ष ५४ की कमला भन्ने मनमाया कार्की (३) वर्ष ३२ की रञ्‍जना कार्की (४)  वर्ष ८ को बिपिन भन्ने दिपेन कार्की (५) वर्ष ५ की  गोमा कार्की (६) वर्ष ८४ की पार्वती भन्‍ने पार्वता कार्की

जिवित रहेको : वर्ष ९० को वौद्ध वहादुर कार्की

घटनाको विवरण :

मिति २०७८।५।२१ गते विहान अं. ६:३० वजे जिल्ला संखुवासभा, मादी नगरपालिका वडा नं. १ खोलागाउका वर्ष ९० को वौद्ध वहादुर कार्कीको श्रीमति वर्ष ८४ की पार्वता कार्की, छोरा वर्ष ५५ तेज कुमार कार्की, छोरा वुहारी वर्ष ५४ की कमला कार्की, नातिनी वुहारी वर्ष ३२ की रंजना कार्की, पनाती वर्ष ८ को दिपेन कार्की र पनातिनी वर्ष ५ की गोमा कार्की गरि एकै परिवारका ६ सदस्यहरुको टाउको तथा शरिरको बिभिन्न भागहरूमा दाउराको चिर्पटले प्रहार गरि हत्या भएको र उक्त घटनामा निज वौद्ध वहादुर कार्की सकुसल अवस्थामा घरमा फेला परेको ।

प्रहरी परिचालनको अवस्था :

  • घटनाको जानकारी प्राप्त हुनासाथ २ घण्टामा घटनास्थल पुगि सुरक्षित गरेको र जिप्रका संखुवासभा, संघीय प्रहरी कार्यालय धरानवाट डग सहित, प्रदेश प्रहरी कार्यालय विराटनगर र केन्द्रीय अनुसन्धान व्यरो सहित ४९ जना प्रहरी परिचालित भएको ।
  • मिति २०७८।५।२२ गते घटनाको विश्लेषण तथा अनुसन्धान शुरु गर्नुका साथै डग परिचालन, घटनास्थल लास जांच मुचुल्का, भौतिक सवुत प्रमाण संकलन, खानतलासी तथा स्थानिय मानिसहरूसंग सोधपुछ वयान लगायतका कार्य गरेको र १३:०० वजे पोष्टमार्टमको लागि मृतक लाशहरू धरान स्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको । घरमा रहेको ८ लाख ८९ हजार नगद, सुनचादीका गरगहना तथा मृतकले लगाएका गहनाहरू यथास्थितिमा नै रहेको अवस्थामा फेला परेको ।
  • संघीय प्रहरी कार्यालयको प्रउको कमाण्डमा जिप्रका संखुवासभाको प्रनाउ, केन्द्रीय अनुसन्धान व्यूरोका प्रनाउ र प्रदेश प्रहरी कार्यालयको प्रनि सहितको टोलीले कमाण्ड पोष्ट स्थापना गरि संयुक्त रूपमा अनुसन्धान अगाडि वढाएको साथै मिति २०७८।५।२३ गते १ नं. प्रदेश प्रहरी प्रमुख प्रनामनि अरुण विसि घटनास्थल पुग्नु भई अनुसन्धानको नेतृत्व गर्नु भएको ।

घटना घटनुका कारणहरु :

  • अभियुक्त वैदेशिक रोजगारीको शिलसिलामा सन् २०१४ र २०१९ मा २ पटक कतार र सन् २०१६ मा १ पटक मलेशियामा काम गर्न गएकोमा पछिल्लो पटक स्वास्थ्यमा समस्या आई केहि महिना पश्चात काम गर्न नसकि फर्की आएको ।
  • अभियुक्त वेला वेला आक्रोशित हुने नजिकमा रहेकाहरूलाई जे पायो तेहिले आक्रमण गर्न खोज्ने, राति नसुत्ने र एक्लै हिड्ने र घरमा निजको वुवा र कान्छा भाईसंग झैझगडा गर्ने स्वभाबको रहेको ।
  • अभियुक्तको वुवा कान कम सुन्ने, वोलि लटपटिने र तुलनात्मक रूपमा कमजोर आर्थिक अवस्थाको रहेको र मर्ने वेलामा निजको वुवाले मृतक तेज वहादुरलाई रेखदेख गरिदिन भनेकोले मृतक तेज वहादुर कार्की अभियुक्त घरमा बेला बेलामा संझाउने, काम अराउने र काम नगर्दा किन काम नगरेको, तं पागल अल्छी, काम पनि गर्दैनस भनि हप्काउने गरेको । जुन कुरा अभियुक्त लोक वहादुर कार्कीले गम्भिर रूपमा मनमा लिएको साथै पटक पटक बिदेश जादा पनि कमाउन नसकेको, विदेश जादाको ऋण र आमाको उपचार र क्रिया खर्च समेत भएको जग्गा वेचि तिरेको जुन कुराले अभियुक्तलाई हिनतावोध गराईरहेको ।
  • घटनाको दिन मृतक तेज वहादुरको घर देखि १ घण्टा पैदल टाढा मादि न.पा. वडा नं. ३ पिप्लेमा रहेको खेतमा गाउंवाट खेतालालग्ने कार्यक्रम रहेकोमा रण वहादुरको घरवाट अभियुक्त लोक वहादुर कार्की र निजको भाई नरेश कार्की समेत २ जना जाने कार्यक्रम रहेको ।
  • घटनाको प्रकृति र घटनास्थलको विश्लेषण गर्दा पटक पटकका कुराहरुले मृतक तेज वहादुर प्रति अत्याधिक घृणाको भावना विकाश भएको र घटनाको अधिल्लो रात छटपटि भई नसुति विक्षिप्त मानसिक अवस्थामा रहेकोले घटना घटाएको पाईएको ।
  • अभियुक्तको वयान अनुसार मिति २०७८।०५।२० गते रातको समयमा निजलाई रात भर निन्द्रा नलागि छटपटी भई वसेको र मिति २०७८।०५।२१ गते विहान निजको भाई गाईलाई खोले पकाई, निजको वुवा र भाई चिया पिई घास काट्न गएको, अभियुक्त एक्लै घरमा रहेको र सोहि क्रममा विहान मृतक तेज वहादुर कार्की अभियुक्तको घर तर्फ आएको खेताला कन्फर्म गरी फर्कने क्रममा रातभरको अनिदो र विक्षिप्त अवस्थामा रहेको र आफुलाई पटक पटक पागल र काम गर्न नसक्ने भनि भनेको कुरा सम्झि यहि नै उपयुक्त समय ठानी रिसको झोकमा नजिकै रहेको दाउराको घारवाट चिर्पट निकाली पछ्याउदै नजिकैको वारिको डिलमा रहेको गोगनको वोट नजिक चिर्पटले पछाडीवाट टाउकोमा पटक पटक प्रहार गर्दा निज तेज वहादुर ढलि अनियन्त्रित भई भिरालो जमिनवाट लडि तल वाटोमा पुगि धर्मराउदै “ लोकेले मलाई मार्यो ” भन्दै उठ्न खोज्दा पुन टाउकोमा प्रहार गरि घोप्टो पारि लडाएको
  • तेज वहादुरले हारगुहार गरेको आवाज सुनि निजको श्रीमति कमला र वुहारी रन्जना समेत घटना भए तर्फ आएकोमा अभियुक्तले निजहरू समेतले थाहा पाएको ठानी निजहरू तर्फ गई कमला भन्ने मनमाया कार्कीलाई खोल्सिमा भेटि सोहि चिर्पटले २/३ पटक प्रहार गर्दा रन्थनियर बाटोबाट खोल्सिमा खसेको र सोहि क्रममा कमला माथि प्रहार भएको देखि मृतक रन्जना वेहोस जस्तो भई भुईमा ढलि उठने क्रममा निजलाई समेत टाउकोमा पटक पटक प्रहार गरि सासु लडेको तर्फ हुत्याई दिएको । घर नजिक वाटो डिलमा आएका २ जना नावालकहरू दिपेन र गोमालाई अभियुक्तले देखि लखेटी ‍हत्या गरेको मृतकको घर तर्फ गई घर पछाडि खोले पकाउने ठाउमा पार्वता कार्कीलाई भेटि कपालमा समाति भित्तामा टाउको पटक पटक ठोक्काई हत्या गरि घर फर्की घटनामा प्रयोग गरेको चिर्पट अगेनामा हालि वालि नष्ट गरेको।
  • घटनास्थलमा रहेको लासहरू रहेको फरक फरक ४ स्थान र अभियुक्तले गरेको आक्रमणको प्रकृतिलाई हेर्दा सवै भन्दा पहिला शारीरिक रूपमा वलियो तेज वहादुरलाई पछाडिवाट आक्रमण गरि हत्या गरेको र क्रमश: तुलनात्कम रूपमा कमजोर शारीरिक अवस्थाका महिलाहरू, नावालकहरू र वृद्धा माथि फरक फरक स्थानमा ‍एकै व्यक्तिले एउटै चिर्पटले हानेको देखिएको ।