लोड हुँदैछ...

मेनु

रतुवामाई–२ मा मुक्ति समाजको २५ सदस्यीय कमिटी

रतुवामाई–२ मा मुक्ति समाजको २५ सदस्यीय कमिटी

विराटनगर । नेकपा (एमाले)को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङको संगठन सुदृढीकरण अभियान अन्तर्गत रतुवामाई नगरपालिका वडा नं. २ मा २५ सदस्यीय वडा सम्मेलन आयोजक कमिटी गठन गरिएको छ ।

मुक्ति समाजले जिल्लाका १७ वटै स्थानीय तहका सवै वडामा संगठन सुदृढिकरण अभियान तिब्रताका साथ अघि बढाएको छ । सोही अभियान अन्तर्गत झुर्कियामा सम्पन्न २ नं. वडा स्तरीय भेलाले राजकुमार पासवानको अध्यक्षतामा मुक्ति समाजको २५ सदस्यीय वडा सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।

भेलाले उपाध्यक्षमा शनिश्चरीयादेवि काहर, सचिवमा सुरेस पासवान, कोषाध्यक्षमा काजलदेवी काहरलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा ढेला पासवान, राम पासवान, महेन्द्र पासवान, उर्मीलादेवी राम, किरणदेवी पासवान, सुखारु पासवान, माझो पासवान, गोविन्दकुमार पासवान, लिलादेवी राम लगायत रहेका छन् ।

नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेपाल उत्पीडित जातीय मुक्ति समाजका प्रदेश कमिटी सदस्य छत्र बराइली, मोरङ अध्यक्ष किशोर विश्वकर्मा, नेकपा (एमाले) रतुवामाई २ नं. वडा कमिटी अध्यक्ष जिमारत मियाँ लगायतले शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।