सोलुखुम्बु । सोलुखुम्बु थुलुङदुधकोशी गाउँपालिका ८ दिप्लीघाटमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिप्लीघाटमा लु ३ त ५४५० नम्बरको ट्याक्टर आफंै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा उदयपुरको कटारी घर भएका चालक २६ वर्षे रमेश राउतको मृत्यु भएको हो । दुर्घटनामा सहचालक खोटाङ ऐसेलुखर्क ३ का १८ वर्षे प्रदिप दाहाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।