विराटनगर । मोरङ र सुनसरीमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । दुई छुट्टाछुट्टै घटनामा उनीहरुको मृत्यु भएको हो । दुवै घटना पानी तान्ने मोटरबाट विद्युत प्रवाह भई भएको पाइएको छ । ग्रामथान ५ स्थित गिदनीयामा करेन्ट लागेर एक युवाको ज्यान गएको छ । दुर्घटनामा ५० वर्षे सन्तोष विश्वासको मृत्यु भएको हो ।
विश्वासले कुखुरा फार्ममा कुखुराका लागि पानी भर्न मोटर जोड्न खोज्दा करेन्ट लागेको थियो । घटनास्थलमा बेहोस भेटिएका उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैबीच भाँडा माझ्दै गरेको बेला अचानक पानी तान्ने मोटरबाट विद्युत प्रवाह हुँदा करेन्ट लागेर सुनसरीको इटहरीमा बिहीबार एक जना महिलाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका १७ बडहरा की ५० वर्षे लताकुमारी श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिउँसो साढे १ बजेको समयमा आफ्नै आँगनमा रहेको ट्युबेलमा भाँडा माझ्दै गर्दा करेन्ट लागेको थियो । उनलाई तत्काल उपचारका लागि विराट अस्पताल विराटनगर लगिएको भएपनि उपचारकै क्रममा मृत्यु भएको थियो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।