लोड हुँदैछ...

मेनु

मुख्यमन्त्री आचार्यद्वारा तीजको शुभकामना सन्देश

मुख्यमन्त्री आचार्यद्वारा तीजको शुभकामना सन्देश

विराटनगर । नेपाली हिन्दू महिलाहरुको ठूलो चाड हरितालिका तीजको अवसरमा प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले शुभकामना सन्देश दिएका छन् ।

उनले बिहीबार एक सन्देश जारी गर्दै तीजले सबै प्रकारका विभेद अन्त्य गर्दै सभ्य, समतामूलक समाजको निर्माणमा प्रेरणा मिलोस् भन्दै शुभकामना दिएका हुन् । ‘हरितालिका तीजले समाजमा देखिएको विद्यमान महिलाविरूद्ध हुने सबै प्रकारका विभेद अन्त्य गर्दै सभ्य‚ समतामूलक समाजको निर्माण गर्न प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गर्दछु,’ जारी सन्देशमा भनिएको छ ।

तीज पर्वले चेली–माइती‚ साथी–सङ्गी‚ परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताउँदै यस पर्वले समाजलाई भावनात्मक एकताको सूत्रमा बाँध्न मद्दत गरेको उनले सन्देशमा भनेका छन् । उनले हरितालिका तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न सबैलाई आग्रह पनि गरेका छन् ।

‘यो पर्व मनाउने सन्दर्भमा यदाकदा देखिने भड्किलोपन र खर्चिलोपनलाई कम गर्दै यस पर्वलाई एउटा चेली माइतीको भेटघाट, समाज जोड्ने पुलको रुपमा लिई मौलिकता जर्गेना गर्न हामी सबैले भूमिका निर्वाह गर्नु पर्छ,’ सन्देशमा भनिएको छ । उनले कोभिड–१९ का कारण सङ्क्रमणको जोखिम बढेकाले जनस्वास्थ्यका मापदण्ड पालन गरेर चाड मनाउन पनि अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।