स्टार उच्च माविमा अभिमुखीकरण

विराटनगर । विराटनगर १३ मा रहेको स्टार उच्च माविले नवआगन्तुक विद्यार्थीका लागि ओरेटेसन सम्पन्न गरेको छ । स्टार उच्च माबिमा बुधबार आयोजित कार्यक्रममा स्वागतसहित अभिमुखीकरण गरिएको हो ।

कलेजका कोअर्डिनेटर भास्कर भट्टराईले स्वागत गरेको कार्यक्रममा डा.उद्धब पोखरेल, डा. कमलेश्वर यादब, प्राध्यापक तारानन्द यादव, मुनु पोखरेल, प्रधानाध्यापक सबिन्द्र भण्डारीलगायतले अभिमुखीकरण गराएका थिए । शिक्षाले जीवनमा पार्ने प्रभाव र कक्षा १० पछि विद्यार्थीले गर्नुपर्ने मेहनतलगायतका विषयमा सो अवसरमा जानकारी दिइएको थियो ।

स्टारले सबैका लागि शिक्षा भन्ने उद्देश्य लिएर सस्तो तथा सर्वसुलभ दरमा शिक्षा प्रदान गरिरहेको छ । शुल्क तिर्न गाह्रो हुने विद्यार्थीका लागि सहकारीमा थोरै रकम दैनिक जम्मा गरेर पनि विद्यार्थीले पढ्नबाट बञ्चित हुन नपर्ने कलेज ब्यवस्थापनको भनाइ छ ।

ब्यवस्थापन तथा शिक्षा शास्त्र संकायमा कक्षा ११ र १२ अध्यापन गराउने उच्च माविको आफ्नै भौतिक पूर्वाधार रहेको र शान्त तथा सौहाद्रपूर्ण वातावरणमा अध्ययन अध्यापन गराइने उच्च माविलाई आगामी दिनमा सबैको रोजाइको बनाउने सञ्चालक सुभाष भण्डारीले बताए ।

बिहिबार, २४ भदौ, २०७८, दिउँसोको १२:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर