विराटनगर । बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयको सहकार्यमा संचालित विराटनगर इन्टरनेशनल कलेजले भर्खरै नयाँ कोर्ष ल्याएको छ ।
कलेजले विगत ७ वर्षदेखि बिएसी अनर्स इन्टरनेशनल बिजनेस म्यानेजमेन्टको ४ वर्र्षे कोर्ष संचालन गरिरहेको छ भने यस वर्षबाट ३ वर्षे बिएअनर्स इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट संचालन गर्ने भएको छ ।
बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयको सहकार्य साथै नेपाल सरकार शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको समकक्षतासहित उक्त कोर्ष संचालन हुन लागेको कलेजका अपरेसन प्रमुख विवेक दाहालले जानकारी दिए ।
इनोभेट नेपाल ग्रुपको स्वामित्व र व्यस्थापनमा संचालित उक्त कलेजले नयाँ कोर्षको लागि विराटचोक र झापाको दमकस्थित पिएलो ग्रुपद्वारा संचालित नेपालीरिका होटेलसँग कलेजले विद्यार्थीलाई तालिम तथा रोजगारीको लागि सम्झौता गरेको छ । विराटनगर इन्टरनेशनल कलेजका तर्फबाट प्रमुख कार्यकारी डा. ऋषिकेश वाग्ले र होटेलको तर्फबाट निर्देशक आकाश दुलालले हस्ताक्षर गरेका थिए ।
नेपालमा हस्पिटालिटी क्षेत्रमा निकै दक्ष जनशक्तिको अभाव भएको आभाष गरी सम्पूर्ण हस्पिटालिटी क्षेत्रलाई चाहिने क्याप्टेन, होटेल म्यानेजर, सीईओ, टिम लिडर, स्वदेशी तथा विदेशी उड्डययन तथा समुन्द्री यातायात क्षेत्रको लागि क्याबिन कृउ, ट्राभल म्यानेजरलगायतका क्षेत्रका नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादनका लागि यस कोर्षको सुरुवात गरेको कलेजका प्रमुख कार्यकारी ऋषिकेश वाग्लेले जानकारी दिए ।
साथै, यस बाहेक विदेशमा पनि चाँडै विभिन्न होटल तथा हस्पिटालिटी क्षेत्रसँग सम्झौता गरिने पनि कार्यकारी अधिकृत वाग्लेले बताए । निकै कम शुल्कमा अन्तरास्ट्रिय डिग्री प्रदान गरिने कलेजको दाबी छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।