लोड हुँदैछ...

मेनु

नेपालको सानदार सुरुआतमा विक्रम शोवको सनसनी

नेपालको सानदार सुरुआतमा विक्रम शोवको सनसनी

विराटनगर । नेपालले पपुवा न्युगिनी पिएनजीसँगको पहिलो ओडिआई खेलमा सानदार सुरुवात गरेको छ ।

अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ थालेको पिएनजीले १८ ओभरको समाीप्तमा ४ विकेट गुमाउँदै ८० रन बनाएको छ ।

नेपाललाई दोस्रो ओभरको पहिलो बलमै तीव्र गतिका बलर विक्रम शोबले ओपनर टोनी उरालाई एक रनमा बोल्ड आउट गर्दै पहिलो सफता दिलाएका थिए । विक्रम ओडिआई डेब्यूको पहिलो बलमै विकेट लिने नेपालका पहिलो खेलाडी बनेका छन् । समग्रमा उनी ओडिआई करीअरको पहिलो बलमै विकेट लिने विश्वकै २८ औं खेलाडी बनेका छन् ।

विक्रमले चौथो ओभरको अन्तिम बलमा कप्तान असाद भालालाई आरिफ शेखबाट चार रनमा क्याच गराउँदा पिएनजी २–९ को कमजोर अवस्थामा पुगेको थियो । खराब सुरुवात गरेको पिएनजीलाई तेस्रो विकेटका लागि लेगा र चाल्र्सले ५० रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

स्पिनर सन्दीप लामिछाने १२ औं ओभरको पाँचौं बलमा चाल्र्सलाई २३ रनमा आरिफ शेखबाट क्याच आउट गराएका थिए । चाल्सले २३ बलमा ३ चौका प्रहार गरे । लगत्तै अर्को ओभरको पाँचौं बलमा ओपनर लेगा सियाका ३० रनमा कट एण्ड बोल्ड आउट भए । स्पिनर कुशल मल्लको बलमा ठूलो सट खेल्ने धुनमा लेगा टप एज लागेर क्याच आउट हुन पुगेका थिए । लेगाले ३८ बलमा १ चौका र १ छक्का प्रहार गरे । पिएनजीका सेसे बाउ ५ र किप्लिङ डोरिगा ४ रनमा अविजित छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।