विराटनगर । नेकपा (एमाले) विराटनगर ७ को ५१ सदस्यीय वडा शाखा कमिटी नै नेकपा (एकीकृत समाजवादी) मा रुपान्तरण भएको छ ।
राम गेलाल अध्यक्ष रहेको तत्कालिन शाखा कमिटीको आजको भेलाले एकीकृत समाजवादीमा रुपान्तरित हुने घोषणा गरेको हो । कमिटीमा भुवन खतिवडा सचिव रहेका छन् ।
वडाका पुराना नेता आमोद कुइँकेलको अध्यक्ष्यता भएको अगुवा कार्यककर्ता भेलामा पार्टीका केन्द्रीय सदस्य महेश रेग्मी, प्रदेश कमिटी सदस्य रवीन नगरकोटी, लक्ष्मी अधिकारी, कमल भट्ट, जिल्ला कमिटीका उपाध्यक्ष डा.उद्धव पोखरेल जिल्ला कमिटीका सदस्य मदन श्रेष्ठ तथा महानगर कमिटीका सचिव मिरा दाहालले नयाँ कमिटीलाई बधाई तथा शुभकामना दिएका थिए ।
नेकपा (एकीकृत समाजवादी) विराटनगर महानगर कमिटी सदस्य रमण गौतमका अनुसार विराटनगरका अधिकांश वडामा शाखा कमिटी गठन भइसकेको छ । बाँकी वडामा भदौ महिनाभित्रै शाखा कमिटी निर्माण गरिसक्ने उनले बताए । समाजवादीले विराटनगरका २, ३, ५, ६, ७, ११, १२, १४ र १५ मा कमिटी निर्माण भइसकेको छ भने वडा नम्बर ४ मा यहि शनिबार कमिटी गठन भइसक्ने छ ।