विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले विराटनगरको दुर्इ वडामा कमिटी गठन गरेको छ ।
विराटनगर १५ मा धर्मप्रसाद शर्माको अध्यक्ष्यतामा ५१ सदस्यीय कमिटी निर्माण गरेको हो । उक्त कमिटीको उपाध्यक्षमा पदमबहादुर कार्की र शोभा चौधरी सचिवमा बिरेन्द्र श्रेष्ठ रहेका छन् ।
वडाको अगुवा कार्यककर्ता भेलामा पार्टीका महानगर अध्यक्ष पारुल क्षेत्री, जिल्ला कमिटीका उपाध्यक्ष डा.उद्धव पोखरेल जिल्ला कमिटीका सदस्यहरु किशोर शाही, पदम सुब्बा तथा महानगर कमिटीका सचिव मिरा दाहालले नवनियुक्त कमिटीलाई बधाई तथा शुभकामना दिएका थिए ।
त्यसैगरी विराटनगर १४ मा सूर्यनारायण यादवको अध्यक्षतामा ७१ सदस्य रहेको कमिटी निर्माण भएको छ । कमिटीको उपाध्यक्षमा ताराचन्द्र यादव, सचिवमा गीता निरौला र उपसचिवमा श्रवन राजवंशी रहेका छन् । भेलालाई नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यहरु मृत्युञ्जय झा, वीरेन्द्र यादव, अधिवक्ता संजु शाह, महानगर कमिटीका अध्यक्ष पारुल क्षेत्री, महानगर कमिटीका सचिव मिरा दाहाल, युवा संघ नेपालका केन्द्रीय सदस्य उदय यादवलगायतले नवगठित कमिटीलाई बधाई तथा शुभकामना दिएका थिए ।