हाम्रो पार्टीमा आए प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्री जोगाउँछौं : रामकुमारी झाँक्री

तोस्रो धारका नेताप्रति लक्षित गर्दै झाँक्रीले भनिन्, ‘उहाँहरुलाई हेरेर पार्टी बनाएको होइन'

विराटनगर । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीले आफ्नो पार्टी रोजेको खण्डमा अहिलेकै सरकारले निरन्तरता पाउने बताएकी छिन् ।

प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले नयाँ दल छान्न पाउने आगामी भदौ २३ गतेसम्मको समयसीमामा मुख्यमन्त्रीद्वय भीम आचार्य र अष्टलक्ष्मी शाक्यले नेकपा (एस)मा आबद्ध भएको खण्डमा सरकार टिकाउन विश्वासको मत जुटाउन मद्दत गर्ने बताइन् ।

सुनसरीको इनरुवामा आयोजिक कार्यक्रममा सहभागी हुन आउने क्रमममा आज विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै झाँक्रीले यस्तो बताएकी हुन् । ‘भदौ २२ गतेसम्म दल छान्ने अधिकार छ,’ उनले भनिन्, ‘उहाँहरू आउनुभयो भने विश्वासको मत दिलाउन हामी आफैं खट्ने छौं, एमालेमै फर्किएको अवस्थामा उहाँहरुले विश्वासको मत लिर्नुपर्ने हुन्छ । सरकार अल्पमतमा पर्छ ।’ त्यस अवस्थामा सरकार गठनको नयाँ बाटो सुरु हुने उनले बताइन् ।

प्रदेश १ का मुख्यमन्त्री आचार्य यसअघि नै आफू एमालेमा आबद्ध भइसकेको बताइसकेका छन् भने बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले अहिलेसम्म आफूलाई कुन पार्टी रोज्ने भन्ने विषयमा मौन रहँदै आएकी छिन् ।

अर्को प्रसङ्गमा नेतृ झाँक्रीले नेकपा एस सरकारमा सहभागी हुने विषयले सरकार विस्तारमा ढिलाई नभएको पनि प्रष्ट पारेकी छिन् । उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले दल छान्ने समय बाँकी रहेकाले नेकपा (एस) सरकारमा सहभागी हुने बारेमा दलले सरकारमा जानेबारे औपचारिक निर्णय गर्न बाँकी रहेको भएपनि यही विषयले सरकार विस्तारमा ढिलाई भएको भन्ने कुरा अनुमान मात्रै भएको बताइन् ।

नेतृ झाँक्रीले नयाँ दल निर्माणको प्रक्रियाका लागि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आगामी भदौ २२ गतेसम्म दल छान्ने समय रहेकाले त्यसपछि केन्द्रसँगै बाँकीरहेका प्रदेशमा पनि समाजवादीसहितको गठबन्धन दलको सरकार निर्माणको प्रक्रिया आरम्भ हुने बताइन् । उनले नेकपा एकीकृत समाजवादी पार्टी वैकल्पिक शक्तिका रुपमा उदाउने तथा मुलुककै कम्युनिष्ट आन्दोलनको मुख्य शक्तिका रुपमा निर्माण हुने दाबीसमेत गरिन् ।

एमाले विभाजन भई समाजवादी बनेपछि एमालेमा फर्किएकाहरुबाट आफूहरु कुनै संकटमा नपर्ने उनले दाबी गरिन् । ‘हिंजो हाम्रो साथमा को, को थिए र को को गए भन्ने विषयले पार्टी निर्माणमा अहिले खासै अर्थ राख्दैन’, एमालेमा फर्किएका तोस्रो धारका नेताप्रति लक्षित गदै नेतृ झाँक्रीले भनिन्, ‘आन्दोलनको दौरानको टे«नमा को को चढ्नु भयो र को को झर्नु भयो भनेर निक्र्याेल हँुदैन र उहाँहरुलाई हेरेर पार्टी बनाएको पनि होइन ।’ लोभका कारण पार्टी दल अदलबदल गर्ने कामलाई समान्य रुपमा लिनुपर्ने उनको सुझाव थियो ।

शनिबार, १९ भदौ, २०७८, दिउँसोको १२:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर