विराटनगर । प्रदेश १ की उपसभामुख सरस्वती पोखरेललाई पितृ शोक परेको छ । पोखरेलका बुबा ७० वर्षीया नारायणप्रसाद पोखरेल काठमाडौंस्थित घरको तेस्रो तल्लाबाट लडेर घाइते भएका थिए ।
घाइते भएलगत्तै काठमाडौंस्थित मेडिकेयर अस्पतालमा उपचारका लागि लगिएको भएपनि उनको निधन भएको चिकित्सकले घोषणा गरेका थिए । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ८ मा निर्माणाधिन घरको छतमा पुगेका पोखरेल चिप्लिएर हिंजोसाँझ ७ बजेतिर भुइँमा खसेका थिए ।
घटनास्थलमै उनको अवस्था गम्भीर बनेको थियो । पोखरेलका जेठो छोरा गणेश पोखरेल अमेरिकामा छन् भने माइलो छोरा बरिष्ठ अधिवक्ता दिनामणि पोखरेल हुन् । यस्तै कान्छोछोरा देवीराम पोखरेल क्यानडा बस्दै आएका छन् ।
उपसभामुख सरस्वती पोखरेल भने जेठी छोरी हुन् भने कान्छी विष्णु पोखरेल हुन् । मृतक पोखरेलको आजै पशुपति आर्यघाटमा हिन्दू संस्कार अनुसार दाहसंस्कार गरिसकिएको पारिवारिक स्रोतले जनाएको छ । उपसभामुख पोखरेल घटनाभएलगत्तै इटहरीबाट काठमाडौं गएकी छिन् ।