विराटनगर । सञ्चारमन्त्री हु्ँदा ७० करोड घोटाला प्रकरणमा मुछिएका एमाले सांसद गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रका दुवै प्रदेश सांसद नेकपाएकीकृत समाजवादीमा लागेका छन् ।
बाँस्कोटाको निर्वाचन क्षेत्र काभ्रे २ को प्रदेश निर्वाचन क्षेत्र १ का लक्ष्मण लम्साल र प्रदेश निर्वाचन क्षेत्र २ का बसुन्धरा हुमागाईं दुवैले एकीकृत समाजवादी रोजेका छन्।
२०७४ को निर्वाचनमा लम्सालले २७ हजार ६ सय २१ मत ल्याएका थिए भने हुमागाईंले २८ हजार ६ सय ७७ मत ल्याएकी थिइन्। एमाले विभाजनपछि बागमती प्रदेशका १२ सांसदले एकीकृत समाजवादी रोजेका छन्। अध्यक्ष केपी शर्मा ओलीका सबैभन्दा विश्वास पात्र मानिने बाँस्कोटा प्रदेशका दुवै सांसदको निर्णयले दबाबमा परेका छन् ।