सप्तकोशीमा डुंगा चढेर दाउरा खोज्दै (फोटो)

विराटनगर । वर्षाको समय सप्तकोशी नदीमा आउने बाढी धेरैको जीवनमा दुःख बनेर आउँछ । तर, कतिपयलाई भने आम्दानीको स्रोत बनेको छ ।

वर्षाको समय सुनसरीस्थित बराहाक्षेत्र नगरपालिका राजबासस्थित सप्तकोसी नदीमा जोखिम मोल्दै स्थानीय नदीले बगाएर ल्याएको काठ, दाउरा संकलन गर्दछन् ।

उनीहरू बर्खाको समय पहाडी भेगबाट नदीमा बगाएर ल्याएको काठ, दाउरा झिक्ने र डुङ्गाको माध्यमबाट ओसार्ने गर्दछन् । असार, साउन र भदौ महिना राजबासका स्थानीय दाउरा, काठ संकलन गर्ने गरेको भूपेन्द्र चन्द्रवंशीले बताए । ‘भिजेको काठ नदीमा वारपार गर्न जोखिम हुन्छ । तर, संकलन गरिएका काठा, दाउराले आम्दानी पनि हुन्छ ।’

शब्द तस्बिरः सुजाता लिम्बू

बिहिबार, १७ भदौ, २०७८, दिउँसोको ०१:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर