प्रदेश १ : विपक्षी गठबन्धनको बैठक बस्दै

विराटनगर । नेकपा एमाले नेतृत्वको सरकार अल्पमतमा परेसँगै प्रदेश १ का विपक्षी गठबन्धनले छलफल सुरु गरेको छ ।

गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक राष्ट्रिय मञ्चको संयुक्त बैठक आज बस्दैछ । बैठकले आगामि दिनमा चाल्ने कदमको विषयमा छलफल हुने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए । विराटनगरस्थित प्रदेशसभा सचिवालयमा बैठक बस्ने बताइएको छ ।

१० सांसदले नेकपा समाजवादी रोज्दै सनाखत गरेपछि एमाले नेता भीम प्रसाद आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रदेशसभाको बहुमतको लागि ४७ सांसद आवश्यक पर्नेमा १० सांसद समाजवादीमा आबद्ध भएपछि एमालेमा ४१ सांसद रहनेछन् भने बिपक्षी गठबन्धनको बहुमत पुग्नेछ ।

प्रदेशसभामा अहिले नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन् । राप्रपाकी ईन्दिरा राईबाहेक सबै विपक्षी गठबन्धनमा आबद्ध रहेकोले समाजवादीमा १० सांसद आबद्ध भएसँगै गठबन्धनको पक्षमा ५० सांसद हुनेछन् ।

बिहिबार, १७ भदौ, २०७८, दिउँसोको १२:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर