विराटनगर । नेकपा एमाले विराटनगरले भदौ १९ गते अगुवा कार्यकर्ता भेला आयोजना गर्ने भएको छ ।
पार्टी विभाजनपछिको अवस्थाबारे मूल्यांकन गर्दै भावी रणनीतिबारे कार्यकर्तालाई प्रशिक्षण गर्न एमाले विराटनगरले अगुवा कार्यकर्ता भेला आयोजना गर्न लागेको हो ।
विराटनगर–४ मनास्लु पार्टी प्यालेसमा महानगरस्तरीय अगुवा कार्यकर्ता भेला गर्ने निर्णय भएको महानगर अध्यक्ष सागर थापाले बताए । भेलामा १ हजार बढी अगुवा कार्यकर्ता भेला हुने बताए उनले बताए । एमाले महानगर कमिटी सचिवालयको मंगलबार बसेको बैठकले अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो ।