६७१ प्रहरी जवानको दिक्षान्त समारोह (फोटो)

विराटनगर । १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरमा संचालित प्रहरी जवान १३८औं समूहको आधारभूत तालिममा सहभागी ६७१ जना प्रहरी जवानहरु दिक्षित भएका छन् ।

०७७ मंसिर ३ गतेदेखि २ सय ३४ दिन संचालन भएको आधारभूत तालिम लिएका प्रशिक्षार्थीहरु दिक्षित भएका हुन् । उनीहरुलाई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानीमा १ नम्बर प्रदेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले दिक्षित गराए ।

तालिममा १३३ जना महिलासहित ६७१ जना प्रहरी जवान दिक्षित भएका हुन् । रानी विराटनगरमा ४८० जना, १ नम्बर प्रदेश शसस्त्र प्रहरी गण रानीमा ९६ जना र दंगा नियन्त्रण प्रहरी गण दुहवीमा ९५ जना प्रशिक्षार्थीलाई प्रशिक्षण दिईएको थियो । उनीहरु सबैलाई एकैपटक दिक्षित गरिएको हो ।

प्रशिक्षार्थीहरुमध्ये तालिम अवधीमा सर्वप्रथम हुन सफल उतमकुमार मगर लगायत विभिन्न ८ विधामा उत्कृष्ट भएका प्रशिक्षार्थीलाई प्रदेश प्रहरी प्रमुख बि.सी.ले प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

बि.सी.ले कोभिड–१९ बाट उत्पन्न परिस्थितिमा सुरक्षाको कारण प्रशिक्षार्थीका अभिभावक तथा अन्य ईष्टमित्रलाई समारोहमा आमन्त्रण गर्न नसकिएको प्रति दुःख लागेको बताए । उनले कार्यक्षेत्रमा मन वचन र कर्मले निष्ठापूर्वक, ईमान्दार र बफादारी भई उच्च मनोवलका साथ जनताको सेवामा खटिन दिक्षित प्रहरी जवानलाई निर्देशन दिए ।

मङ्गलबार, १५ भदौ, २०७८, दिउँसोको ०२:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर