विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले जिल्लाको क्षेत्र नम्बर ६ को (१) र (२) नम्बर क्षेत्रस्तरीय कार्यसमिति घोषणा गरेको छ ।
राप्रपाले क्षेत्र नं. ६ (१) मा उद्धवराज कार्कीको अध्यक्षतामा २१ सदस्यीय समिति घोषणा गरेको छ भने क्षेत्र नम्बर ६ (२)मा श्रीमती अनुपमा देवी शाहको अध्यक्षतामा २१ सदस्यीय समिति घोषणा गरेको छ ।
त्यसैगरी राप्रपाले क्षेत्र नम्बर ६ को कार्यसमितिमा रतन तामाङ अध्यक्ष रहेको २१ सदस्यीय समिति घोषणा गरेको छ । कार्यक्रममा पार्टीका केन्द्रिय कार्य सम्पादन समिति तथा पूर्व मेयर प्रल्हाद शाहको उपस्थिति रहेको ६ नम्बर क्षेत्रीय अध्यक्ष रतन तामाङले जानकारी दिए ।