विराटनगरमा दुर्घटना, ४ जना घाइते

विराटनगर । विराटनगर–१४ राधाकृष्ण राईस मिल अगाडि सवारी दुर्घटनामा परि चार जना गम्भीर घाइते भएका छन् । विराटनगरदेखि जोगवनीतर्फ जाँदै गरेको म्याजिक भने दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका हुन् ।

घाइते हुने म्याजिक चालक इटहरी उपमहानगरपालिका २४ वर्षीय राजु श्रेष्ठ, इटहरी ५ का ३५ अशोक राई, इटहरी ६ खनारका २४ वर्षीय आकाश मिश्र र उर्लाबारी–९ का सुवास तामाङ रहेका छन् । घाइतेमध्ये राई, तामाङ र श्रेष्ठको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । घाइतेहरूको उपचार विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

पानी परिरहेकोले रानीतर्फ गइरहेको को १ झ १७४० नम्बरको म्याजिकले रोकिएको ना ५ ख ८१९७ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।

शुक्रबार, ११ भदौ, २०७८, दिउँसोको ०२:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर