विराटनगर । प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारी तीब्र बनाइरहेका बेला एमाले नेता भीम आचार्यको परिवारमा भने शोक थपिएको छ ।
नेता आचार्यका सहोदर भाई राम आचार्यलाई आज निज निवासमै मृत अवस्थामा फेला परेको हो । सुनसरीको इनरुवा–३ महेन्द्रचोक निवासी ५६ वर्षीया आचार्य मृत अवस्थामा भेटिएको र घटनाको अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ । ‘घटनास्थलमा प्रहरी टोली पुगेको छ,’ सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले भने, ‘थप अनुसन्धान हुँदैछ ।’