माओवादी प्रदेश १ का जिल्ला नेतृत्व को ? पाँचथरमा इन्द्र आङ्बो, मोरङमा गोपी अछामी

विराटनगर । माओवादी केन्द्रले प्रदेश १ का १४ जिल्लाकै इन्चार्जको टुंगो लगाएको छ । सुरेन्द्र कार्की (पार्थ)लाई प्रदेश इन्चार्ज बनाएको माओवादीले सहइन्चार्जमा सावित्रीकुमार काफ्ले, पदम राई, धर्मशीला चापागाईं, अजम्बर काङ्वाङ बनाएको छ । यस्तै सुरेशकुमार राईले अध्यक्षको जिम्मेवारी दिइएको छ ।

यसैगरी माओवादी केन्द्रले प्रदेश १ का १४ जिल्लाका इन्चार्जको टुंगो पनि लगाएको छ । जसमा ताप्लेजुङमा खेलप्रसाद बुढाथोकी, पाँचथरमा इन्द्रबहादुर आङ्बोृ, इलाममा धीरेन्द्र शर्मा, झापामा धर्मशीला चापागाईं, मोरङमा गोपीबहादुर सार्की अछामी, सुनरीमा एकचन्द्र बराल, धनकुटामा हेमराज भण्डारी, तेह्रथुममा दुर्गाप्रसाद चापागाईं, संखुवासभामा राजेन्द्र कार्की, भोजपुरमा सुदन राई किराँती, खोटाङमा समिता कार्की, सोलुखुम्बुमा हेमकुमार राई, ओखलढुंगामा बाबुराम गौतम र उदयपुरमा सुरेश राई (हिमाल) रहेका छन् । यस्तै विराटनगर महानगरपालिकाको इन्चार्जमा शिवकुमार मण्डल र प्रदेश १ सम्पर्क समितिमा शिव बस्नेतलाई जिम्मेवारी दिइको छ ।

माओवादी केन्द्रले सबै स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरुको दल गठन गर्नुपर्ने, पार्टीले सम्बन्धीत दलमार्फत स्थानीय सरकारहरुलाई निर्देशन र परिचालन गर्ने, एकता प्रक्रियाका क्रममा पार्टीमा समावेश भएका वा पार्टीमा प्रवेश गरेका नेता कार्यकर्तालाई पार्टीमा आवद्ध गर्ने र जिम्मेवारी दिने कामलाई पूर्णता दिने पनि तयारी गरेको छ । जसका लागि विवरण तयार पारी आवश्यक सुझावसहित प्रतिवेदन पेश गर्न गिरिराजमणि पोखरेल, वर्षमान पुन र श्रीराम ढकालको कार्यदललाई जिम्मेवारी दिएको छ ।

बुधबार, ०९ भदौ, २०७८, दिउँसोको १२:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर