झापा । झापाको कन्काइ नगरपालिकामा आइसोलेसनमा बसेका एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन् । आठ महिनाकी छोरीसहित दम्पति मृत भेटिएका हुन् ।
घरभित्रै ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविना मृत भैटिएको प्रहरीले जनाएको छ ।
उनीहरु आज बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए । मृतक परिवारका सदस्यमा कोरोना संक्रमण भएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । तर क–कसलाई संक्रमण भएको थियो भन्ने पुष्टि भइनसकेको एसपी भट्टराईले बताए ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान अगाडि बढाउने जनाएको छ । नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको बताइएको छ ।

