काठमाडौं । नेकपा माओवादी केन्द्रले ६ वटा प्रदेशमा इन्चार्ज तोक्दा प्रदेश १ मा भने इन्चार्ज तोक्न सकेन ।
काठमाडौंस्थित पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले अन्य प्रदेशमा इन्चार्ज तोकेको भएपनि प्रदेश १ मा नेता राम कार्की र सावित्रीकुमार काफ्लेमध्ये कसलाई तोक्ने भन्ने विषयमा विवाद भयो । सोही विवादका कारण इन्चार्ज नतोकिएको बताइएको छ ।
माओवादी केन्द्रले प्रदेश २ मा गणेश साहलाई इन्चार्जको जिम्मेवारी दिएको छ । यस्तै बागमती प्रदेशमा हितमान शाक्य, गण्डकी प्रदेशमा हितराज पाण्डे, कर्णाली इन्चार्जमा शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेशमा खगराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।
जिल्ला समन्वय समितिको संयोजक चयन गर्ने जिम्मा भने प्रदेश कमिटीलाई दिइएको माओवादी केन्द्रले जनाएको छ ।