विराटनगर । एमालेबाट विभाजित हुँदै नयाँ पार्टी बनेको नेकपा एकीकृत समाजवादी पार्टीले मोरङमा संगठन निर्माणमा तीब्रता दिएको छ ।
सो पार्टीले शनिबार विराटनगर महानगरपालिका वडा नम्बर ३, विराटनगर ५ र कटहरी २ मा कमिटी निर्माण गरको छ ।
विराटनगर वडा नम्बर ३ को अध्यक्षमा भवानी धमला, उपाध्यक्षमा विन्देश्वर लालदास, विश्वकान्त दाहाल, सचिवमा गिरिराज पौडेल र उपसचिवमा मुना चौधरी रहेका छन् ।
यस्तै विराटनगर ५ मा ६१ सदस्यीय कमिटी गठन गरेको सो पार्टीका विराटनगर संयोजक पारुल क्षेत्रीले जानकारी दिए । उनका अनुसार वडा नम्बर ५ को अध्यक्षमा रमन गौतम, उपाध्यक्षमा सुरेन शाक्य र सरिता राई, सचिवमा गंगा पोखरेल भट्टराई तथा सहसचिवमा पुनम अछामि र रविन चौधरी रहेका छन् ।
यसैबीच सो पार्टी निकट युवाहरुले कटहरी गाउँपलिका २ कमिटी निर्माण गरेको छ । सो समितिका संयोजक अमित साह रहेका छन् भने सहसंयोजकमा उपेन राजवंशी, सचिवमा सरस्वती राजवंशी, सहसचिवमा राकेश रोशन र कोषाध्यक्षमा राहुल साह रहेको युवा संघ कटहरीका नेता बब्लु मिश्रले बताए ।