विराटनगर नर्सिङ क्याम्पसमा अब बिएससी नर्सिङ पढाइ हुने

विराटनगर । विराटनगर नर्सिङ क्याम्पसमा अब बिएससी नर्सिङ विषय पनि पढाइ हुने भएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्शाशास्त्र अध्ययन संस्थान अन्तरर्गतको विराटनगर नर्सिङ क्याम्पस विराटनगरले यसअघि पिसिएल नर्सिङ र बिएनएस विषयको मात्र अध्यापन गराउँदै आएको थियो ।

शैक्षिक सत्र २०७६/०७७ देखि चिकित्शा शिक्षा आयोगले पिसिएल फेजआउट गरेपछि शैक्षिकसत्र २०७७/०७८ देखि बिएससी नर्सिङ पनि पढाइ संचालन हुने भएको हो ।

त्रिभुवन विश्वविद्यालयको प्रदेश नम्बर १ मा रहेको त्रिभुवन विश्वविद्यालय चिकित्शाशास्त्र अध्ययन संस्थानको एक मात्र आंगिक क्याम्पस विराटनगर नर्सिङ क्याम्पसमा विगतदेखि हालसम्म स्नातक तह ब्याचलर नर्सिङ साइन्स (बिएनएस) मा २५ जना विद्यार्थी भर्ना भई नियमित रुपमा अध्ययन अध्यापन भइरहेको छ ।

चिकित्शा शिक्षा आयोग कार्यकारी समितिको मिति २०७८ साउन १७ गतेको निर्णय अनुसार शैक्षिक सत्र २०७७/०७८ मा अध्ययन अध्यापन गराउनको लागि बिएससी नर्सिङतर्फ ४० जना र बिएनएसतर्फ २५ जना विद्यार्थीहरुका लागि सिट निर्धारण गरेको क्याम्पस प्रमुख मेनुका भण्डारीले जानकारी दिइन् ।

उनका अनुसार बिएससी नर्सिङमा ४० र बिएनएसमा २५ गरी ६५ सिट निर्धारण गरेकोले प्रदेशलगायत मुलुक भरका विद्यार्थीहरुले अब सस्तो तथा सहज रूपमा शिक्षा पाउने भएका छन् । त्रिविको यस क्षेत्रको एकमात्र आंगिक नर्सिङ्ग क्याम्पसमा थप कार्यक्रम स्वीकृत भएपश्चात यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा अझ टेवा पुग्ने क्याम्पस प्रमुख भण्डारीको विश्वास रहेको छ ।

बुधबार, २७ साउन, २०७८, बिहानको ११:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर