प्रदेश १ मा गत वर्षभन्दा बढी रोपाइँ, ९५ प्रतिशत रोपाइँ सकियो (तराई फाँटको फोटो)

विराटनगर । गत वर्ष साउन १८ सम्ममा ९३ दशमलव ९५ प्रतिशत रोपाइँ भएको प्रदेश १ मा यो वर्ष भने ९४ दशमलव ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

तथ्यांक अनुसार उच्च पहाड ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा २३ हजार २४५ हेक्टर अर्थात् ९६ शदमलव ४० प्रतिशत, मध्य पहाडी जिल्लाहरु इलाम, पाँचथर, उदयपुर, तेह्रथुम, धनकुटा, ओखलढुंगा, खोटाङ र भोजपुरमा ८० हजार ६९२ हेक्टर अर्थात् ८८ दशमलव ७६ प्रतिशत र तपाईको झापा, मोरङ र सुनसरीमा २ लाख १८ हजार ६५९ हेक्टर अर्थात् ९६ दशमलव ८४ प्रतिशत धान रोपाई सकिएको छ ।

सबैभन्दा बढी उच्च हिमाली जिल्ला सोलुखुम्बुमा १०० प्रतिशत रोपाई भएको छ भने सबैभन्दा कम धनकुटा र इलाममा ८० प्रतिशत मात्रै रोपाई भएको प्रदेश १ कृषि मन्त्रालयको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार प्रदेश १ मा कुल ३ लाख ४० हजार ८२९ हेक्टर जग्गामा धानखेती हुने गरेको छ । त्यसमध्ये ३ लाख २२ हजार ५९७ हेक्टर जग्गामा रोपाइँ भइसकेको छ ।

जसमध्ये अन्न भण्डार मानिने तराईका तीन जिल्लामध्येको सुनसरीमा ९८ प्रतिशत अर्थात् ५३ हजार ९०० हेक्टर, मोरङमा ९८ प्रतिशत अर्थात् ८१ हजार ६३४ हेक्टर र झापामा ९५ प्रतिशत अर्थात् ८३ हजार १२५ हेक्टर जग्गामा रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

उच्च पहाडी जिल्ला ताप्लेजुङमा अहिलेसम्म ८ हजार ५६२ हेक्टर, संखुवासभामा १३ हजार १५८ हेक्टर र सोलुखुम्बुमा १ हजार ५२५ हेक्टर जग्गामा रोपाइँ भएको छ । प्रदेशका मध्यपहाडी जिल्लाहरु पाँचथरमा ८ हजार २८२ हेक्टर, इलाममा ११ हजार ८५२ हेक्टर, भोजपुरमा १६ हजार १०१ हेक्टर, तेह्रथुममा ८ हजार ९५४ हेक्टर र धनकुटामा ६ हजार ३६० हेक्टरमा धान रोपाइँ गरिएको छ । यस्तै उदयपुरमा १२ हजार ५७७ हेक्टर, ओखलढुंगामा ४ हजार १८२ हेक्टर र खोटाङमा १२ हजार ३८२ हेक्टर जग्गामा रोपाइँ भएको छ ।

बुधबार, २० साउन, २०७८, साँझको ०६:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर