विराटनगर । विराटनगर महानगरपालिका–८ नम्बर वडा कार्यालयमा मंगलबारदेखि लगाउन सुरू भएको ‘जोनसोन एण्ड जोनसोन’ खोप कार्यक्रम स्थगीत भएको छ ।
स्थानीय युवाहरूको समूहले अवरोध पु¥याएपछि वडा कार्यालयले दुई दिनको लागि खोप कार्यक्रम स्थगित गरेको हो । अपाङ्गता भएका व्यक्तिहरूलाई खोप लगाउन सुरू भएलगत्तै स्थानीय युवाले खोप हान्न अवरोध गरेपछि त्यहाँ खटिएका स्वास्थ्यकर्मीहरुले खोप लगाउने कार्यक्रम नै स्थगित गरेका थिए ।
विराटनगर ८ स्थित सप्तकोशी स्कुलमा मगंलबार विहान १० बजेदेखि सुरु गरिएको ‘जोनसोन एण्ड जोनसोन’ खोप आफुहरु असुरक्षित भएको भन्दै स्वास्थ्यकर्मीहरुले खोप हान्ने कार्यक्रम रोकेका हुन् । ८ नम्बर वडामा ३ सय वटा खोप आएको थियो । जसमा ४५ वटा खोप हानिसकेपछि स्थानीयले अवरोध गरेको खोपकेन्द्रकी स्वास्थ्यकर्मी अन्जु श्रेष्ठले जानकारी दिइन् । ‘हामीले अपाङ्गता भएका व्यक्तिहरुलाई लगाउँदै थियौं, त्यही क्रममा स्थानीयले अवरोध गरे,’ उनले भनिन्, ‘उहाँहरुको उमेर ४८ र २८ वर्षको हुनुहुन्थ्यो ।’
नेपाल सरकारले नै अपाङगता भएका व्यक्तिहरुलाई जुनैसुकै केन्द्रबाट हान्न मिल्ने आदेश आएको थियो । तर, हामीेले ती नै अपाङ्गता भएका व्यक्तिहरुलाई खोप लगाउने क्रममा अवरोध पु¥याएको स्वास्थ्यकर्मीको भनाइ छ । स्थानीयले खोप लगाउने कार्यक्रममा अवरोध पु¥याएपछि दुई दिनको लागि स्थगित गरिएको विराटनगर–८ का वडाअध्यक्ष निश्चत अर्यालले जानकारी दिए । ‘खोप कार्यक्रममा अवरोध पु¥याएपछि स्वास्थ्यकर्मीले असुरक्षित भएको भन्दै बिहीबारसम्मको लागि खोप कार्यक्रम स्थगित गरिएको हो,’ उनले भने, ‘दुई दिनपछि खोप कार्यक्रमलाई निरन्तरता दिनेछौं ।’
वडाअध्यक्ष अर्यालले नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बाहिर गएर कसैलाई पनि खोप नलगाएको बताएका छन् । ‘मैले स्पष्ट भनेको पनि थिए, हाम्रो वडाको कुनैपनि जनप्रतिनिधीले सोर्सफोर्स लगाएर आए त्यस्तो अवस्थमा खोप नहान्नु भनेर,’ उनले भने, ‘तर स्वास्थ्यकर्मीलाई काम गर्न अवरोध गरिएको छ त्यो निन्दनिय छ । हाम्रा स्वास्थ्यकर्मीलाई जबसम्म काम गर्ने वातावरण हुन्न तबसम्म हामी खोप लगाउदैनौँ ।’
स्थानीयको अवरोधपछि आएको ३५० वटा खोपमध्ये ३०० वटा खोप फिर्ता भएको छ । जसमध्ये ५ वटा स्थानीयको अवारोधका कारण विग्रीएको छ भने ४५ वटा खोप लगाएको त्यहाँ खटिएका स्वाथ्यकर्मीले बताएका छन् ।
वडासदस्य उपाध्यसहित ६ जनलाई खोपकेन्द्रमा थुनियो
५० वर्षभन्दा तलको उमेर समूहलाई खोप लगाइदिएको भन्दै स्थानीय युवाको समूहले खोप कार्यक्रममा खटिएकी विराटनगर–८ की वडा सदस्य भारती पोखरेसहित ६ जनालाई थुनिदिएका छन् ।
स्थानीय युवाहरूको समूहले वडासदस्य पोखरेलसहित ६ जनालाई विराटनगर ८ को खोपकेन्द्र सप्तकोशी स्कुलको कोठामा केही बेर थुनिदिएका हुन् । वडा सदस्य पोखरेलसहित खोप कार्यक्रममा खटिएका चार जना स्वास्थ्य कर्मी र वडा कार्यालयका कर्मचारीहरू युवा भण्डारी, लुगेन्द्र राजवंशीलाई थुनिदिएपछि वडा प्रहरी कार्यालय ‘ख’ हाटखोलाका असइ साजन राईको नेतृत्वमा खटिएको प्रहरी टोली खोप केन्द्रमा पुगेर ढोका खोलेर उनीहरू बाहिर निकालेका थिए ।
वडासदस्यलाई खोप केन्द्रमा थुन्नु अगाडि युवाको समूहले स्वास्थ्यकर्मीहरूलाई तथानाम गालीगलोज पनि गरेका थिए । त्यही भएर विराटनगर–८ को खोपकेन्द्रमा खटिएका चार जना स्वास्थ्यकर्मीहरूले काम गर्ने वातावरण र शान्तिसुरक्षाको ग्यारेन्टी नभएसम्म खोप नलगाउने बताउँदै आएका छन् । खोप कार्यक्रममा अवरोध पु¥याउने र वडा सदस्यलाई खोपकेन्द्रमा थुन्ने युवालाई पक्राउ गरि कारबाहीको माग राख्दै प्रहरीमा उजुरी दिने वडाअध्यक्ष आर्यालले जानकारी दिए । ‘खोप कार्यक्रममा अवरोध पु¥याउने विरूद्ध प्रहरीमा उजुरी दिएका छौं,’ वडाअध्यक्ष आर्यालले भने ।