यस्तो छ विराटनगरमा १९ र २० गतेको खोप तालिका

विराटनगर । विराटनगर महानगरपालिकाले जोनसोन खोप लगाउने नयाँ तालिका सार्वजनिक गरेको छ ।

महानगरपालिकाको स्वास्थ्य महाशाखाद्वारा आज जारी उक्त तालिकामा साउन १९ र २० गते सबै वडामा खोप लगाउने उल्लेख छ । ‘महानगरपालिकास्तरीय खोप समन्वय समितिको बैठकले यस महानगरपालिकाका सबै वडाका तपशिलका लक्षित समूहलाई जोनसोन खोप लगाउने कार्यक्रम रहेको,’ आज बसेको महानगरपालिकास्तरीय खोप समन्वय समितिको बैठक पछि जारी सूचनामा उल्लेख छ ।

सुचना अनुसार ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका कोभिड १९ विरुद्धको खोप नलगाएका व्यक्तिहरु, छुटेका स्वास्थ्यकर्मीहरु, सरसफाईकर्मीहरु र सुरक्षाकर्मीहरु, अध्ययनरत एमबिबिएस र एमडीका विद्यार्थीहरु, क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरु (रातो र निलो कार्ड भएका), काउन्सिल दर्ता भएका औषधि व्यवसायीहरु र मेडिकल रिप्रेजेन्टेटिभ (एमआर) परिचयपत्रका साथै प्रि–रजिष्ट्रेसन ल्याएमा खोप लगाइने छ ।

यस्तै महानगरका १ देखि १९ (सबै)वडामा बिहान १०ः३० बजेदेखि ४ बजेसम्म ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका कोभिड १९ विरुद्धको खोप नलगाएका व्यक्तिहरु तथा क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरु (रातो र निलो कार्ड भएका)लाई खोप लगाइनेछ भने विराटनगरस्थित विरेन्द्रसभागृहमा सोही समयमा छुटेका स्वास्थ्यकर्मीहरु, सरसफाईकर्मीहरु र सुरक्षाकर्मीहरु, अध्ययनरत एमबिबिएस र एमडीका विद्यार्थीहरु, काउन्सिल दर्ता भएका औषधि व्यवसायीहरु र मेडिकल रिप्रेजेन्टेटिभ (एमआर), क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरु (रातो र निलो कार्ड भएका)लाई खोप लगाइने शहरी स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीद्वारा जारी सूचनामा उल्लेख छ ।

सोमबार, १८ साउन, २०७८, दिउँसोको ०२:२५ बजे

प्रतिक्रिया

  1. MBBS र MD गर्ने विधार्थीहरुले मात्रै लगाउन पाउने Engineering तथा अरु शँकायकाले चै नपाउनेे?‌‌ कि सबैले पाउनु पर्यो कि त कसैले पाउनु भएन। सबैको लागी सम्मान हुनुपर्छ।

प्रतिक्रिया:

सम्बन्धित खवर