लोड हुँदैछ...

मेनु

साउन ३० भित्र वडा कमिटी गठन गर्न माओवादी स्थायी समितिको निर्देशन

साउन ३० भित्र वडा कमिटी गठन गर्न माओवादी स्थायी समितिको निर्देशन

विराटनगर । नेकपा माओवादी केन्द्रले साउन ३० गतेभित्र वडा कमिटी गठन गर्न निर्देशन दिएको छ।

छ हजार सात सय ४३ वटै वडामा वडा कमिटी गठन गर्न माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले निर्देशन दिएको हो। वडा कमिटी गठन गरी त्यसको जानकारी प्रदेशस्थित केन्द्रीय सदस्यलाई दिनुपर्नेछ। साउन ३० मा माओवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ।

त्यो बैठकमा आउँदा केन्द्रीय सदस्यहरूले आफ्नो प्रदेशभित्रका वडाको वडा कमिटी गठनको विवरण लिएर आउनुपर्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। माओवादीले तयारी नपुगेको भन्दै साउन २० गतेदेखि हुने भनेको केन्द्रीय कमिटी बैठक दश दिन सारेको छ। साथै सरकारमा जाने मन्त्रीहरू टुंग्याउनका लागि सोमबार अपरान्ह ३ बजे स्थायी कमिटी बैठक पनि बस्ने तयारी छ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।