विराटनगर । ग्रिनल्याण्ड कलेजले ४१ जना विद्यार्थीलाई सम्मान गरेको छ । पुलचौक इन्जिनियरिङ कलेजसहित विभिन्न कलेजमा नाम निकाल्न सफल भएका उत्कृष्ट ४१ विद्यार्थीलाई कलेजले मंगलबार एक कार्यक्रम आयोजना गरि सम्मान गरेको हो ।
कलेजले इन्जिनियरिङतर्फ नाम निकाल्दै छात्रवृत्ति पाउने २४ जना, बीबीएमा ८ र बीएससी एजीमा छात्रवृत्ती पाउने ८ जना गरि ४१ जना विद्यार्थीलाई कलेज परिसरमा सम्मान गरेको ग्रिनल्याण्ड कलेजका प्रिन्सिपल दीपक पोखरेलले जानकारी दिए । सम्मानित हुने विद्यार्थीहरूलाई कलेजले मायाको चिनो र फुलको गुच्छाले सम्मान गरेको थियो । उनीहरूलाई कलेजका प्रिन्सिपल पोखरेल, संचालकहरू दिनेश दाहाल, रविन्द्र घिमिरे, राजिव मिश्रालगायतले सम्मान गरेका थिए । गुणस्तरीय शिक्षा प्रदान गर्ने ग्रिनल्याण्डले प्रत्येक वर्ष उत्कृष्ट नतिजा पनि ल्याएको आएको छ । ४१ विद्यार्थीहरुले भारतसहित नेपालका विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेका हुन् ।
२०७५ समूहका विद्यार्थीहरूले बिएस्सी कृषिमा आठ जना, बिबिए महेन्द्र मोरङ कलेज विराटनगरमा उत्कृष्ट सहित आठ जना, भारत सहित नेपालका विभिन्न विश्वविद्यालयमा इन्जिनियरिङमा २५ जना छात्रछात्राले पूर्ण छात्रवृत्ति प्राप्त गरी स्नातक तहमा अध्ययन गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा बोल्दै पोखरेलले छात्रछात्रालाई उचित रेखदेख र उनीहरुको अध्ययनको रुचि अनुसार विशेष कक्षा सहित अध्ययन गराएको कारणले सफलता प्राप्त गरेको बताए । त्रिभुवन विश्वद्यालयको पुल्चोक इन्जिनियरिङ कलेजमा पत्रम सत्रको परीक्षामा प्रथम स्थान ल्याउन सफल आयुष साह कानुले विद्यालयको गुरुहरुको अनुशासित अध्ययन र शैक्षिक बातावरणको कारण सफलता प्राप्त गरेको बताए । उनले नगद १ लाख रुपैयाँ पनि प्राप्त गरेका थिए । वि.सं. २०६८ मा संस्थागत रुपमा स्थापित उक्त्त विद्यालयमा हाल विभिन्न सङकायमा गरी एक हजार ५०० छात्रछात्रा अध्ययनरत रहेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।