विराटनगर । लायन्स क्लब अफ विराटनगर ३२५ ए वानका १८ वटा क्लबहरुले रक्तदान कार्यक्रम आयोजना गरी १०५ पिन्ट रगत संकलन गरेका छन् ।
पछिल्लो समय विभिन्न अस्पताल र रक्तसंचार केन्द्रमा समेत रगतको चरम अभाव भईरहेको बिषयलाई दृष्टिगत गर्दै मेगा ब्लड डोनेशन कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल रेडक्रस सोसाईटी र क्युरा हेल्थको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा बिशेष गरि बी पोजिटिभ, ए पोजिटिभ, ओ पोजिटिभ र ए.बी पोजिटिभ समुहका रगत संकलन भएको छ ।
दोश्रो चरणको कोेरोना महामारीका बिरामीहरुलाई समेत रगतको सहज आपुर्ति गर्न कठिन भईरहेको बिषयलाई दृृष्टिगत गर्दै लायन्स ब्लड फाउन्डेशन नेपाल र लायन्स क्लब अफ विराटनगर ए वानको समन्वयमा विराटनगरका १८ वटा लायन्स तथा लियो क्लबद्धारा संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको लायन्स क्लब अफ विराटनगर ३२५ ए वानका जोन चेयर पर्सन निरज सिन्हाले बताउनुभयो ।
कोरोनाको महामारीका कारण पूवनिर्धारित रक्तदान कार्यक्रमहरु पनि स्थगित हुँदा हाल मोरङ जिल्लाभरि रगतको अभाव चुलिएको छ । बिशेषगरि दुर्घटनामा परेका, रक्तश्राव भएका, प्रसुति, मुटुरोग, क्यान्सर तथा मिर्गौला सम्बन्धी समस्या भएका बिरामीलाई माग बमोजिमको रगतको आपुर्ति गर्न सकिएको छैन् ।
यस्तो अवस्थामा यसप्रकारका रक्तदान कार्यक्रमहरुले रगतको सहज आपुुर्तिमा सहयोग पुग्ने विश्वास लिईएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।