विराटनगर । मोरङको बुढीगंगा–३ स्थित हुलास वायर इण्डष्ट्रीजका श्रमिकहरु आन्दोलित भएका छन् ।
सरकारी मापदण्ड अनुसारको सेवा सुविधा माग गर्दै इण्डष्ट्रीजमा कार्यरत ७ सय बढी मजदुरहरु आन्दोलित भएका हुन् । मङ्गलबार हुलासले उद्योगमा १० वर्षदेखि कार्यरत ९३ जना श्रमिक निष्काशन गरेको थियो ।
आज बिहान काम गर्न जाँदा निष्काशन परेका एल्बे, ची.आई, वाटिङ र मेन्टेनेन्स फाँटका श्रमिकहरुले उद्योगमा प्रवेश पाएका थिएनन् । मजदुर संगठन र उद्योगबिच सहमति गर्ने उद्देश्यका साथ बुधबार बिहानै वार्ता भएपनि वार्ता टुंगो नलागेपछि श्रमिकहरुले आन्दोलन थालेको हुलास वायर इण्डष्ट्रीजमै कार्यरत मजदुर सुर्य कुमार गिरीले बताए । ‘६ महिना काम गरेपछि नियुक्ति पत्र र न्युनतम पारिश्रमिक लगायतका सेवा सुविधा पाउनुपर्ने सरकारी नियम छ,’ उनले भने, ‘तर, १० वर्षदेखि कार्यरत मजदुरलाई उद्योगले सरकारी मापदण्ड बमोजिमको सेवा सुविधा समेत दिईएको छैन् । अधिकांशले अझैपनि हप्तामा काम गरिरहेका छन् ।’
बुधबार बिहान भएको वार्तामा उद्योगले विचार गर्नका लागि श्रमिकहरुसँग २ दिनको समय माग गरेको छ । तर यसअघि पनि उद्योगले कयौपटक समय माग गदैै श्रमिकहरुको माग सुनुवाई नगरेका कारण आन्दोलन नै एकमात्र विकल्प भएको उद्योगका कार्यरत मजदुर कुमार माझीले बताए । उनले भने, ‘हामी उद्योगद्धारा रोजगारविहिन बनाईएका श्रमिकहरुको साथमा छौं । उनीहरुलाई पुनः रोजगारी प्रदान नगरिएसम्म हामी पनि काम गर्दैनौं ।’
आन्दोलनरत मजदुुरहरुले भने सरकारी मापदण्ड अनुसारको सेवा सुविधा पाउनुपर्ने तथा रोजगारविहिन बनाईएका मजदुरहरुलाई पुनः रोजगारी प्रदान गर्नुपर्ने माग गरेका छन् । यस बिषयमा थप जानकारी लिनका लागि उद्योगको प्रशासन विभागका रोहित रेग्मीलाई सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेको छैन् ।





1 प्रतिक्रिया
1 प्रतिक्रिया
यी मरवाडिहरुले नेपालको कुनैपनी ठाउँमा उद्योग धन्दा खोले बापत हामी नेपाली कामदारले जुनसुकै कम्पनी मा काम गर्न चाहेमा काम दिनुपर्छ,जय नेपाल 🇳🇵🇳🇵🇳🇵
प्रतिक्रियाहरू बन्द छन्।