विराटनगर । ईलाम नगरपालिका १२ साङरुम्बा पिप्ले भञ्ज्याङका ५८ वर्षीय धन बहादुर राईको हत्या भएको छ ।
उनलाई सोही ठाउँका ४५ वर्षीय यम बहादुर सावाले आज बिहान राईको पेटमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् । प्रहरीले यम बहादुर सावालाई खुकुरी सहित पक्राउ गरेको छ । हत्या गर्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घटना सम्बन्धना थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
विद्युत् प्राधिकरण कर्मचारीको मृत्यु
यसैबीच झापा बिर्तामोड नगरपालिका ४ जात्रुबाडी बस्ने ६१ वर्षीय कूल बहादुर भट्टराईको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान साढे ७ बजे सोही नगरपालिका ८ बाह्रबिघेस्थित राम कुमारी दर्जीको घरमा मिटर जडान गर्नको लागि बिजुलीको पोलमा चढ्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर भुइँमा लड्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए । उनको उपचारको लागि बिएण्डसी अस्पताल विर्तामोड पुर्याउने क्रममै मृत्यु भएको हो । उनी अनारमनी बितरण केन्द्र विद्युत प्राधिकरणको कर्मचारी हुन् ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।