कानेपोखरीमा धान दिवस मनाइयो

कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाले वडा नं. ३ माथिल्लो हरकपुर चौधरी टोलमा आयोजना गरेको ‘रोपाइ कार्यक्रम’ हर्सोल्लासका साथ सम्पन्न भएको छ ।

स्थानीय, जनप्रतिनिधि र विभिन्न पार्टीका नेताहरू सहित करिब ५० जनाको समूहले असारे गीत गाउँदै धान रोपाई गरेका थिए ।

औपचारिक कार्यक्रमको सम्बोधन गर्दै कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले कृषितर्फ हरेक वर्ष २ करोडभन्दा बढी रकम छुट्टीने गरेपनि विभिन्न कारणले उपलब्धिमूलक कार्यहरू सञ्चालन हुन नसकेको बताए । किसानहरूले सामान्य उब्जनी गरेर आफैंले मात्र उपभोग गरिरहेको तर व्यवसायीक तवरले अघि आउन नसकेको गुनासोसमेत व्यक्त गरे ।

कृषि क्षेत्रमा पालिकालाई समुन्नत बनाउन सबैको सरसल्लाह आवश्यक रहेको र समूह बनाई कृषकहरूले पालिकामा योजनाहरू पेस गरि कृषिमा लगानी गर्नसमेत सुझाए। साथै उनले किसानहरूलाई हरेक वर्ष अनुदानमा आधुनिक कृषिजन्य सामग्री प्रदान गरिरहेको र आगामी वर्ष पनि मकै रोप्ने मेसिन कृषकलाई उपलब्ध गराउने जानकारी दिए ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत सञ्चालन भएको कार्यक्रममा पालिका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम, वडाअध्यक्ष कृतिमान मादेन, कानेपोखरी कृषि विकास शाखा प्रमुख सागर पौडेल तथा सो क्षेत्रमा रहेका कृषि संस्थाका प्रतिनिधीको उपस्तिथि थियो।

मङ्गलबार, १५ असार, २०७८, रातीको ०८:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर