विराटनगर । अभियान साथी तपाईकोे समुहका युवाहरुले बुधबार विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरी ६० पिन्ट रगत संकलन गरेका छन् ।
पछिल्लो समय विभिन्न अस्पताल र रक्तञ्ंचार केन्द्रमा समेत रगतको चरम अभाव भईरहेको बिषयलाई दृष्टिगत गर्दै युवाहरुले रक्तदान कार्यक्रमको आयोजना गरेका थिए । नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा बिशेष गरि बी पोजिटिभ, ए पोजिटिभ र ओ पोजिटिभ समुहका रगत संकलन भएको छ । दोश्रो चरणको कोेरोना महामारीका बिरामीहरुलाई समेत रगतको सहज आपुर्ति गर्न कठिन भईरहेको बिषयलाई दृृष्टिगत गर्दै स्वतःस्फुर्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको अभियान साथी तपाईको समुहका संयोजक सुरेन शाक्यले बताउनुभयो ।
कोरोनाको महामारीका कारण पूवनिर्धारित रक्तदान कार्यक्रमहरु पनि स्थगित हुँदा हाल मोरङ जिल्लाभरि रगतको अभाव चुलिएको छ । बिशेषगरि दुर्घटनामा परेका, रक्तश्राव भएका, प्रसुति, मुटुरोग, क्यान्सर तथा मिर्गौला सम्बन्धी समस्या भएका बिरामीलाई माग बमोजिमको रगतको आपुर्ति गर्न सकिएको छैन् ।