विराटनगर । सुनसरीको छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर २ जना बालिकाहरुको मृत्यु भएको छ ।

आइतबार बेलुका इनरुवा नगरपालिका ७ का प्रदिप दनुवारकी २ वर्षीया छोरी प्रशंसा दनुवार खेल्ने क्रममा घर अगाडि रहेको नहरमा डुबेकी थिइन् । बालिकालाई उपचारको लागि बिराट मेडिकल कलेज मोरङ लैजानसाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

त्यस्तै सुनसरीकै बराहक्षेत्र नगरपालिका ५ ठिकिटोलका भरत अधिकारीकी १८ महिनाकी छोरी आश्मा अधिकारीको घरमै बाल्टिनको पानीमा डुबेर मृत्यु भएको छ । पानीमा डुबेर बेहोस भएकी उनलाई उपचारको लागि धरानस्थित बीपी प्रतिष्ठानमा भर्ना गरिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।