विराटनगर । झापा र इलामाबाट लागूऔषध ब्राउनसुगरसहित ५ जनालाई पक्राउ गरिएको छ ।
आइतबार अपरान्ह इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापाको कमल गाउँपालिका ३ का २२ वर्षीय बले भन्ने प्रज्वल बानियाँलाई लागुऔषध ब्राउनसुगर ४ ग्रामसहित घरबाटै पक्राउ गरेको हो ।
त्यस्तै प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले ईलामको माई नगरपालिका ४ शंकरगाउँ स्थितबाट लागूऔषध ब्राउनसुगर ५ ग्रामसहित माइ ८ का २८ वर्षीय महेश थापा, ३० वर्षीय कुविरसिंह तामाङ, सोही माई १ का २२ बर्षीय रुपेशकुमार खत्री र माई ३ का २३ वर्षीय सुदिपकुमार दनुवारलाई पक्राउ गरेको छ। प्रहरीले उनीहरुले प्रयोग गरेको प्रदेश १–०१३ प– ७२२२ र ना ३२ प ६९१९ नम्बरको मोटरसाईकलसमेत नियन्त्रणमा लिएको १ नंं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

