सुर्खेत । निषेधाज्ञाको समयमा समस्या परेका व्यक्तिहरुलाई सहयोगका लागि भन्दै देशका विभिन्न भागमा पुगिरहेको ज्ञानेन्द्र शाहीको टोलीमाथि शुक्रबार राति सुर्खेतमा आक्रमण भएको छ । सुर्खेतको वीरेन्द्रनगर स्थित करेखोला नजिकै राति ११ बजेतिर शाहीको टोली आक्रमणमा परेको हो ।
नियोजित आक्रमण भन्दा पनि स्थानीयसँग विवाद भएपछि दुई पक्षबीच झडप भएको स्थानीय प्रशासनले जनाएको छ । शाहीको टोलीमा रहेका युवाहरु घाइते भएको र कतिपयको टाउको फुटेको भिडियोमा देखिन्छ । शाहीसहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नीतु खड्का, लोक बहादुर रोकाया, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको शाहीले भिडियो मार्फत जानकारी गराएका छन् । उनीहरुको कर्णाली प्रदेश अस्पतालमा उपचार भएको छ ।
सुर्खेत प्रहरीले स्थानीयसँग झडप भएको र पाँच जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले राति नै उनीहरुको उद्दार गरेको थियो । शाहीमाथि यस अघि दुई पटक सुर्खेतमै आक्रमण भइसकेको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।