पााँचथर । पाँचथरमा एक साताबाट सञ्चालनमा रहेको ‘हुनेले दिने, नहुनेले लिने’ (फुड बैंक) अभियान प्रभावकारी बनेको छ ।
कोरोना भाइरसको माहामारी समुदाय स्थरमा फैलिएपछि दैनिक ज्याला मजदुररी गर्ने तथा अन्य परिवारले पनि खाद्यान्न सङ्कटको अवस्था भोग्नु नपरोस भनेर अभियान चलाएको अभियान्ता सुदिप बाँस्कोटाले बताए ।
अभियानमा हुनेले सके जति सहयोग गर्ने र नहुनेलाई दैनिक उपभोगका खाद्यान्नका सामान वितरण गरिरहेको अभियान्ता नवीन बुढाथोकी बताउँछन् । मंगलबार मात्र हाल १ सय १६ घर परिवारलाई राहत वितरण भएको छ ।
थप ४६ घर परिवार पनि आवश्यकताको महसुस गरि सम्पर्क मा आउनु भएको छ । ‘उहाँहरुलाई भोलिबाट वितरण गर्ने तयारी छ’ अभियान्ता फिरोज खान भन्छ्न्, ‘यो अभियानलाई सदरमुकाम बाहिर पनि लाने योजनामा छौं ।’
बिल्कुल सामाजिक अभियान भएकाले राजनीतिक तथा अन्य कुनै प्रभाव नभएको र प्रभाव पर्नेसमेत नदिइने अर्का अभियान्ता निरोज भट्टराईको भनाइ छ । दैनिक ८ देखि १० जाना परिवारको घरमा चुलो बल्ल छोडेको खबर आउने गरेकोले उनीहरुलाई अभियानबाट राहत दिने योजना छ ।
अभियानमा जिल्लाभित्र र बाहिरका सहयोगी दाताले समेत सहयोग गरिरहेको बताइएको छ ।

