लोड हुँदैछ...

मेनु

कविताबाटै पाठकलाई प्रभावित गर्छन् कवि अर्जुन पराजुली

कविताबाटै पाठकलाई प्रभावित गर्छन् कवि अर्जुन पराजुली

विराटनगर । समसामयिक विषयमा कवि अर्जुन पराजुलीको सटिक टिप्पणीले धेरैलाई प्रभावित पार्ने गरेको छ । विशेषगरी विकसित राजनीतिक घटनाक्रमहरुमा कवि पराजुलीले गर्ने संक्षिप्त तर निसानेदार टिप्पणीहरुले घटनालाई हेर्ने दृष्टिकोणमा एउटा दृष्टिकोण निर्माणमा समेत सहयोगी सहयोगी बनिरहेको छ ।

कवि पराजुलीको कवितालाई साभार गरेर पोष्ट गर्नेहरु सामाजिक सञ्जालमा प्रसस्तै देखिन्छन् भने उनलाई उद्धृत गर्दै आफ्ना धारणा व्यक्त गर्नेको पनि कमी छैन । उनका सटिक टिप्पणीहरुको खपत सबैभन्दा धेरै सामाजिक सञ्जालहरुमै हुने गरेको छ ।

सरकारले ढुंगागिटी निकासी खुला गर्ने निर्णय बजेट मार्फत भएपछि जनस्तरमा त्यसको व्यापक विरोध भइरहेको छ । उनले जम्मा छ लाइन कविता मार्फत टिप्पणी गरे । उनले लेखे ‘पहिले भन्थे, नयाँ युग बोकेर चुरे चढ्न दिल्लीबाट रेल आयो, अपहले सुनिदैछ, झिटीगुन्टा बोकेर रेल चढ्न चुरै आफैं दिल्ली जाँदैछ ।’

कोरोना संक्रमितहरुका लागि केही समय अघि अक्सिजन अभाव भयो । सरकारले सहज अक्सिजन उपलब्ध गराउन सकेन । त्यसले सरकारको आलोचना बढ्यो । कोरोना नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गर्यो तर काम गरिखाने वर्गका जनताको कुनै चिन्ता गरेन । उनीहरुको हातमुख कसरी जोरिएला भन्ने चिन्ता सरकारले नगरेपछि कवि अर्जुन पराजुलीले कविता लेखेर व्यङ्य गरे यसरी

नेपाली राजनीतिमा आइरहेको उत्तरचढावकै बीच दोश्रो पटक संसद विघटन भएको विरोधमा सांसदहरुले सर्वोच्च अदालतमा मुमुद्दा दायर गरेकै रात प्रधानन्यायाधीश बालुवाटार गएको हल्ला फैलियो । पूर्वप्रधानमन्त्रीहरुलेसमेत सार्वजनिकरुपमा टिप्पणी गरे । यद्यपी भेटघाट नभएको सर्वोच्च अदालतले पछि स्पष्ट पारेको छ । कवि अर्जुन पराजुलीले तत्काल नै कविता मार्फत टिप्पणी लेखे कवितामा ।

मुलुक कोरोना कहरबाट आक्रान्त छ । देशभर निषेधाज्ञा लगाइएको बेलामा सरकार चुनाव गर्ने भन्दैछ । यस्तो बेलामा चुनाव हुन्छ भनेर धेरैले पत्याएका छैनन् र यो समय चुनावको नभई जनताको जीउधन रक्षा गर्ने हो भन्ने मान्यता जनताहरुले राखेका छन् । कवि पराजुली पनि त्यसै भन्दैछन् कविता मार्फत :

पछिल्लो समय सरकारले संविधान मिचेर निर्णयहरु गर्न थालेको छ । मध्यरातमा प्रतिनिधिसभा विघटन गरेको वर्तमान सरकारले मन्त्रिपरिषद विस्तार पनि राति नै गर्यो, शपथग्रहण पनि राति नै गरायो । कवि अर्जुन पराजुलीले त्यस विपषयमा पनि टिप्पणी लेखे यसरी :

अनि उनले जवरजस्ती प्रतिनिधिसभा विघटनप्रति पनि कडा प्रहार गरे :

वर्तमान सरकार र उसको कार्यशैलीमाथि पनि कवि पराजुलीले कडा प्रहार गरेका छन् । उनले राष्ट्रवादी देखिने सरकारको कृयाकपाल वास्तवमा राष्ट्रवादी छैन भनेका छन् । उनले नक्कली मुखुण्डो उत्रिएको भन्दै छोप्न सुझाव दिएका छन् कविता मार्फत नै :

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।