तितेपाती बेचेर लाखौं आम्दानी

पाँचथर । पाँचथरको फिदिम नगरपालिका ९ का किसान तिलोकराम आङ्देम्बेले भुवादार तितेपातीको खेती गरि वार्षिक ६ लाख रुपैयाँ आम्दानी गरिरहेका छन् ।

बिगत ४ वर्षबाट खेती सुरु गरेका आन्देम्बेले बिरुवा उत्पादन गर्ने र सो बिरुवा एक रुपैयाँ प्रतिगोटा बिक्री हुने बताएका छन् । भुवादार तितेपातीको एउटा जाति हो । आङ्देम्बेका अनुसार यस्को बिरुवा किन्न दैनिक उनकोमा ग्राहक पुग्ने गरेका छन् ।

एक वर्षमा ७ देखि ८ लाख बिरुवा उत्पादन गरिरहेका उनले पोहोर साल त बिरुवा नपुगेर ग्राहकहरु रित्तो हात फर्कनु परेको बताए । सुरुमा काठमाडौं बाट ५० हजार बिरुवा ल्याएर रोपेका आन्देम्बेले त्यस्को केही महिनाबाट नै बिरुवा उत्पादन गरि बिक्रीको सुरुवात गरेको हुन् ।

२५ सय मिटर उचाइसम्मको स्थानमा राम्रो उत्पादन हुने तितेपाति हाल तराईका जिल्लाहरु, इलाम, तेह्रथुम, ताप्लेजुङ पनि उनले निर्यात गरिरहेका छन् । सिचाईको पर्याप्तता हुनुपर्ने उत्त बिरुवाको पात भने ५० रुपैयाँ केजीमा बिक्रि हुने गरेको उनको भनाइ छ ।

जुनसुकै समयमा रोप्न मिल्ने उत्त तितेपाती खेती गर्ने आन्देम्बे पाँचथरमै पहिलो किसान हुन् । यस्को प्रशोधन गरेर विभिन्न रोगको औंषधी बनाइने सुनाउँदै उनले उत्पादन बिक्रीको लागि बजारको कुनै समस्या नरहेको बताए ।

शुक्रबार, २१ जेठ, २०७८, दिउँसोको ०२:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर